४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुर्घटना अपडेटः १४ जनाको शव निकालियो, १६ जनाको उपचार हुँदै



काठमाडौं ।

तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार १२ः५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ।

पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  ३ : ०३ बजे