३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

आँबुखैरेनी बस दुर्घटनाः २९ जनाको उद्धार (अपडेट)



काठमाडौँ ।

आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन भएको छैन ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० जना यात्रु रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  १ : १४ बजे