४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उत्तराखण्डमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु



एजेन्सी ।

भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ ।

गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको (द इन्डियन एक्सप्रेस) ले जनाएको छ ।

ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  १ : ११ बजे