४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मर्स्याङ्दी नदीमा बस खस्यो, १५ यात्रु अचेत अवस्थामा भेटिए, उद्धारकार्य जारी



काठमाडौं ।

तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए ।
तनहुँको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको हो् । आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाण्डौका लागि छुटेको प्रहरीको भनाइ छ । बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  १ : ०६ बजे