४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भदौ १३ गते एमाले शिवराजको अधिवेशन, तयारी तिब्र



कपिलवस्तु ।

नेकपा (एमाले) शिवराज नगर कमिटीले आगामी भदौ १३ गते हुने दोस्रो नगर अधिवेशनको तयारी तिब्र पारेको छ । जसका लागि भदौ ८ गते एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एमाले शिवराज नगर कमिटीको बैठकले भदौ १३ गते शिवराज ५ चन्द्रौटामा हुने नगर अधिवेशनका लागि नगरका ११ वटै वडामा दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

६४ सदस्यीय आयोजक कमिटी रहने गरी ११ पार्टी सदस्य बराबर १ प्रतिनिधि, दलित तर्फ ७ जना दलित संगठित सदस्य संख्या बरावर १ प्रतिनिधि, युवाको १५ प्रतिशत प्रतिनिधित्व रहने गरी र ३ सदस्य मध्ये १ महिला सदस्य अनिवार्य रहने निर्णय समेत गरेको एमाले शिवराजका कार्यवाहक अध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो ।

१३ गते हुने एमाले शिवराजको अधिवेशनमा १ सय ४० बढि प्रतिनिधिको सहभागिता रहने एमाले शिवराजका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ८ : ०१ बजे