४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कर्मचारीले दुख दिएपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई सांसद पन्थीको खुल्ला पत्र



कपिलवस्तु ।
स्वास्थ्य सेवा बिभागका कर्मचारीले १७ महिना देखि फाईल अडकाईदिएपछि नेकपा एमाले कपिलबस्तुका प्रदेशसभा सदस्य बिष्णु पन्थीले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई खुल्ला पत्र लेखेका छन्।

लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री समेत रहेका पन्थीले सामाजिक सञ्जालमा खुल्ला पत्र लेख्दै भनेका छन् प्रदेश स्वास्थ्य मन्त्रालयबाटै हुनुपर्ने कामलाई काठमाँडौ तानेर अनावश्यक दुख दिएको उल्लेख गरेका छन्।

बुटवलको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालले पश्चिम क्षेत्रका मिर्गौलाका बिरामीहरुलाई उपचारमा समस्या भएपछि रोटरी क्लवको सहयोगमा कपिलबस्तुको बाणगंगामा कपिलबस्तु सामुदायिक डाईलासिस सेन्टर स्थापना गरेको थियो।
बाणगंगा जेसिसको भवनमा ५ करोड लगानीमा स्थापना गरिएको डायलासिस सेन्टरमा ५ वटा डाईलासिस मेसिनले परिक्षण उपचार समेत सम्पन्न गरीसकेका छन्।

स्वास्थ्य सेवा बिभागका कर्मचारीले बिभिन्न बाहाना देखाएर अगाडी नबढाएको अस्पताल श्रोतले बताएको छ।

यस्तो छ प्रदेशसभा सदस्य पन्थीले लेखेको खुल्ला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु लाई जानकारी र माननीय स्वास्थ मन्त्री प्रदीप पौडेल ज्यु ,स्वास्थ सचिब रोशन पोख्रेल सहित जम्बो सचिब (५जना) टीम र निर्देशक संगिता कौसल मिश्रका नाममा खुला पत्रः हाम्रो सुशासन खै कता छ ? संघियता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुख हो अनि यहाँ के काम हुन्छ ? एउटा नमूना फाइल (कपिलवस्तु डायलासिस सेन्टर)ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झन झन पछि पर्दै छौ ? हाम्रो ब्युरो क्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ। लेखक लाई कथा छ पत्रकारलाई रोजक समाचार छ, वकिल लाई मुद्दा र बहस छ। अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ। प्रदेश स्वास्थ मन्त्रालय बाटै हुनुपर्ने कामलाई काठमाडौ तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर १७ महिना देखि २१ पटक अध्यक्ष एजाज आलम र म पालै पालो धाउदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पिडितको तर्फबाट सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौ। आशा छ यो मुद्दाले नेपालमा फाइल अडकने घुम्ने काम र संघीयतामा सुधार हुनेछ किड्नी पीडित ले न्याय पाउनेछन्।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ४ : ३३ बजे