३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ट्रकको ठक्करबाट रुपन्देहीमा एक पैदलयात्रीको मृत्यु



बुटवल ।

रुपन्देहीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ४ : ०४ बजे