३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

भिरबाट लडेका थिए पिताम्बर, ६ दिनपछि स्थानियले पारे फेला



मायादेवी अनलाइन, अर्घाखाँची।

६ दिनदेखि बेपत्ता शितगंगाका पिताम्बर अधिकारी जंगलमा सकुसल भेटिएका छन् । उनि
यहि भदौं १ गते घरबाट हराएका थिए । अर्घाखाँची शितगंगा ५ गल्दा निवासी ८८ बर्षिय पिताम्बर अधिकारी ६ दिन पछि सोही वडामा पर्ने रिब्दीको जङगलमा सकुशल भेटिएका हुन् ।

अधिकारी पुरानो खरक तिर जानेक्रममा भिरबाट करिब १५ मिटर तल खसेका थिए । बृद्ध खसेको कसैले चालै पाएनन् । उनि त्यहाबाट आफै उठेर आउन सक्ने अवस्थामा पनि थिएन् । जसकारण उनी ६ दिनसम्म त्यहि जंगलमा निकै कष्टका साथ बस्नुपर्यो ।
६ दिनपछि अधिकारीले लगाएको लुङगी भिरमा फेलापरेपछी त्यसैको आधारमा खोज्दै जाँदा आज दिउँसो स्थानीयले बृद्धलाई फेला पारेका हुन् ।

आफु भिरबाट लडेपछि परिवारलाई सम्पर्क गर्न मोबाईल साथमा नभएको र कसैले भेटाउन नसक्दा धेरै पीडा सहेर बस्नुपरेको थियो । त्यसैमाथी लगातारको अविरल वर्षाका कारण पनि उनलाई निकै समस्या परेको थियो ।

अधिकारीको शरिरका विभिन्न अंगमा चोटपटक लाग्नुका साथै अवस्था पनि नाजुक छ । अहिले उनलाई अस्पताल लगिएको छ ।
उनि हराएपछि परिवारले खोजीकार्य तिव्र पारेपनि फेला परेका थिएनन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ३ : ५२ बजे