४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले वाणगंगा नगर अधिवेशन : निर्वाचन कमिटिको वैठक सम्पन्न



वाणगंगा । नेकपा एमाले वाणगंगा नगर कमिटिको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। भोलि, भदौ ७ गतेदेखि शुरु हुने नगर अधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको नगर अध्यक्ष युवराज पोखरले बताए।

अधिवेशनका लागि गठित निर्वाचन कमिटिको वैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख नेत्रज्योति गिरीको अध्यक्षतामा भएको वैठकमा नगर अधिवेशनलाई भव्य, सुव्यवस्थित र मर्यादित बनाउन निर्वाचन कमिटिले आवश्यक तयारी गर्दै कार्य विभाजन गरेको छ।

५ सदस्यीय निर्वाचन कमिटिले संयोजक र सदस्यहरूको कार्य विभाजन तोकेको छ । उक्त कमिटिले निर्वाचनको समग्र सहजीकरण र व्यवस्थापन, निर्वाचन प्रकृयाका सम्पूर्ण कार्यहरू, प्राविधिक तयारी, माइन्युट लेखन, सूचना व्यवस्थापन लगायतका जिम्मेवारीहरू तोकेको छ। निर्वाचन कमिटिको संयोजकमा नेत्रज्योति गिरी, सदस्यहरूमा हरि अधिकारी, रोमकान्त घिमिरे, कुलराज भुसाल र अनिमा खरेल रहेका छन् । भदौ ७ गते उद्घाटन शत्र सकिएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढाउने निर्णय गरिएको संयोजक गिरीले जानकारी दिए ।
अधिवेशनमा २ सय ७ जना निर्वाचन प्रतिनिधीहरू हुनेछन्, जसले ७१ सदस्यीय वाणगंगा नगर कमिटि चयन गर्नेछन्। अध्यक्षसहित पदाधिकारीमा धेरैको आकांक्षा रहेपनि, निर्वाचन कमिटिले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबै प्रतिनिधीलाई आवहान गरेको छ।

अधिवेशनको उद्घाटन संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुहुनेछ। वाणगंगा नगर कमिटिको दोस्रो अधिवेशनको तयारी सफलतापूर्वक अघि बढिरहेको र सर्वसम्मत वा निर्वाचन दुवै प्रकृयाका लागि योजनाबद्ध अघि बढिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  २ : १० बजे