४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रतिनिधिसभा बैठक सुरू



काठमाडौं ।

प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रस्नोत्तर भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक(२०८१ प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयकसमेत सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  १ : ४० बजे