३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्कारपियो दुर्घटना हुँदा अर्घाखाँचीमा वडाध्यक्षसहित ३ जना घाइते



अर्घाखाँची ।

गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत अर्घाखाँचीको पाणिनी-७ घुम्ती नजिकै रिब्दीमा भएको स्कारपियो दुर्घटनामा ३ जना घाइते भएका छन्।

गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कारपियो अनियन्त्रीत भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए। दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि अर्घाखाँची अस्पतालमा पठाइएको छ।

दुर्घटनामा गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम टण्डन, अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ का वडध्यक्ष कमल पौडेल र गाडी चालक हिमाल राना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी राठोरको भनाइ छ। घाइते तीनै जनाको अवस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले बताएका छन्।

अहिले बेलुका अन्दाजी ८ बजेको समयमा गोरुसिंगेबाट सन्धिखर्कतर्फ आउँदै गरेको गाडी दुर्घटना भएको थियो। नेपाल प्रहरी र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरिएको थियो।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  १० : ०४ बजे