४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको ज्यान गयो



चितवन ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको ज्यान गएपछि आफन्तले चिकित्सकको लापर्बाही भन्दै छानबिन गर्न माग गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ की ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि हिजो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुई (एनेस्थेसिया) लगाइएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ बजे ज्यान गएको हो । पाठेघरमा सिस्ट भएपछि उहाँको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

अस्पतालले महिलाको मुटुमा पहिलेदेखि नै समस्या रहेका कारण ज्यान गएको दाबी गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  ४ : ४१ बजे