४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गुडिरहेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा आमाछोरी घाइते



चितवन ।

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन्।

बुधबार (आज) बिहान ११ बजेतिर भरतपुर महानगरपालिका २९, स्थित सत्रकिलोमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेकोे बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा देवचुली नगरपालिका १३ बस्ने ३० वर्षीया कल्पना परियार र उनकी छोरी ८ वर्षकी छोरी कञ्चन परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरू दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ढुंगाले लाग्दा माइक्रोको अगाडिको सिसामा क्षति पुगेको बताइएको छ भने अन्य यात्रु तथा चालक भने सकुशल छन्।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  २ : १८ बजे