३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पाल्पामा भयो पहिलो पटक समलिंगी विवाह दर्ता



पाल्पा ।
पाल्पामा पहिलो समलिंगी विवाह दर्ता भएको छ । रामपुर नगरपालिका वडा नं ९ को कार्यालयमा पहिलो समलिंगी विवाहको दर्ता भएको हो ।

२०७८ साल असोज २९ गते विवाह भए पनि कानुनी व्यवस्था नभएका कारण पाल्पाका ३१ वर्षीय चिनाकुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीले विवाह दर्ता गर्न पाएका थिएनन् ।

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न आदेश दिएपछि देशका अरु ठाउँमा पनि समलिंगी विवाह दर्ता हुन थालेपछि उनीहरुले पनि दर्ता गरेका हुन् ।

पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योति सँगै बसोबास गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  २ : ११ बजे