३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ५३ हजार



काठमाण्डौ ।

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिले सम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । गएको आइतवार भने सुनको भाउ बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  १२ : २३ बजे