४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध



काठमाडौँ ।

राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ। सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका ७ वटा सडकखण्ड अवरुद्ध भएका छन् भने २४४ सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन्।

मदन भण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। प्यूठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण अवरुद्ध भएको छ।

मोरङको चतरा–मूलघाट–माझीटार–अमापु डाँडा–गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडकखण्ड पनि पूर्ण अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या परेको छ।

यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण अवरुद्ध भएको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफानजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ।

भूगर्भविद् डा सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले सामान्य वर्षा हुँदासमेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८१ मंगलबार ००:००  ७ : ०२ बजे