४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अविरल वर्षाः वाणगंगा क्षेत्र डुबानमा



मायादेवी अनलाइन, जितपुर ।

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । अझै दुईदिन सम्म वर्षा हुने भएकाले उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

बिहानैदेखि परेको भीषण वर्षाले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर, बैरिया, पिपरा, बोर्डगाउँ कोइली वनगाईका विभिन्न स्थान डुबानमा परेका हुन्। डुबानले मुख्यगरी अन्डरग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कपिल) का अनुसार बजार क्षेत्रका पसल तथा गोदाम डुबानका कारण करोडौँको क्षति भएको अनुमान गरिएको छ।

कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । उक्त क्षेत्रमा डुबान हुँदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले जानकारी दिए ।
बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन ।

पानीको उचित निकास नहुँदा उक्त क्षेत्र वर्षौ देखि डुबानमा पर्दै आएको छ । यस्तै ओयसिय सिनेमा हल, वित्तिय संस्था, अस्पताल, पसलहरु डुबानमा पर्दा ब्यपारीलाई सास्ती भएको छ । यसका साथै हिडडुल गर्नपनि समस्या भएको छ ।

कपिलवस्तु सहित देशका विभिन्न विभिन्न स्थानमा अविरल वर्षा भैरहेको छ । जिल्लाको बाणगंगा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । यस्तै जिल्लाका बुद्धभूमि, शिवराज, तौलिहवा, कृष्णनगर लगाएतका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१ मंगलबार ००:००  ४ : २६ बजे