३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठक बाँकेमा हुने



बुटवल ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।

नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी अहिले भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले भने, हामीले अहिले त्यहाँको व्यवस्थापन जिम्मा बाँकेमा साथीहरू दिएका छौ उहाँहरूले राम्रोसँग सम्पन्न गर्नको लागि खटिरहनु भएको छ ।

उनले उक्त केन्द्रीय सदस्य तथा प्रदेशको बैठकमा केन्द्रीय नेताहरू बोलाउने लगायत तथा एजेन्डा विषयमा पनि अहिले सामान्य छलफल भएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१ मंगलबार ००:००  ३ : ५३ बजे