४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली कांग्रेस शिवराज उपसभापति करम एमाले प्रवेश



कपिलवस्तु ।
नेपाली कांग्रेसका शिवराज नगर उपसभापति करम हुसेन सहित तीन दर्जन कार्यकर्ता एमाले प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ । शिवराज नगर उपसभापति एवम् नेपाल मुस्लिम संघ कपिलवस्तुका उपसभापति समेत रहनु भएका करम हुसेन एक कार्यक्रमका बीच शनिवार एमाले प्रवेश गर्नु भएको हो । उहाँ लगाएतको सिंगो टिमलाई नेकपा (एमाले) का केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टीमा प्रवेश गराउनु भएको हो ।
केन्द्रिय सचिव अर्यालले पार्टी प्रवेश गराउदै पार्टी निर्माणका निम्ति नयाँ पुराना सबैको भूमिका उत्तिकै जिम्मेवार रहने बताउनु भयो ।

प्रकाशित मिति : ३ भाद्र २०८१ सोमबार ००:००  १ : ५४ बजे