३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेप्से तीन वर्षकै उच्च : करिब ३० अर्बको सेयर कारोबार



काठमाडौं ।
बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ ।

जुन अंक तीन वर्ष ९१५ भदौ २०७८० कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१ बिहिबार ००:००  ३ : ४० बजे