४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सर्पले डसेर दाङमा एक बालिकाको ज्यान गयो



दाङ ।
सर्पले डसेर दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको ज्यान गएको छ ।

गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको ज्यान गएको र इन्दुकी आमा आश्मा चौधरी बिरामी भएको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिरामी आश्मा चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१ बुधबार ००:००  १ : ०८ बजे