३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि



एजेन्सी ।
बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धिदर रहेको बंगलादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ ।

मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मूल्य वृद्धिदर अस्वाभाविकरूपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ । गत जुन महिनामा मूल्यवृद्धि दर ९।.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यस्तै, जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मूल्य वृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०२३/२४ मा देशको औसत मूल्य वृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो ।

तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०२२/२३ मा बङ्गलादेशको मूल्य वृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१ मंगलबार ००:००  २ : ३७ बजे