३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

संघर्षमा उत्रिए कपिलवस्तुका हजारौँ भूमिहिन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका सुकुम्बासी र अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । हजारौँको संख्यामा उपस्थित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले सोमबार पूर्व-पश्चिम महेन्द्र राजमार्ग नै ठप्प पारेका छन् ।

जिल्लाको गोरुसिंगेस्थित अर्घाखाँची चोकमा उपस्थित जिल्लाका भूमिहिन सुकुम्बासीले डिभिजन वन कार्यालय कपिलवस्तुका विरुद्ध आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

प्ले कार्डसहित आफ्नो हक र अधिकारका लागि महेन्द्र राजमार्गमा उपस्थित उनीहरुले संघर्षका कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन सडक अवरुद्ध पारेका हुन् ।

आन्दोलनको पूर्व सन्ध्यामा आइतबार बाणगंगा चारनम्बरमा राखिएको पत्रकार सम्मेलनमा संयुक्त सुकम्बासी, अब्यवस्थित भूमि संरक्षण समितिका संयोजक कृष्ण घिमिरेले सोमबार राजमार्ग बन्द कार्यक्रममा १० हजार सुकुम्बासीलाई उतार्ने जनाएका थिए ।

जिल्लाभरबाट भूमिहिन सुकुम्बासी आन्दोलनमा उत्रिने सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

दर्जनौँको संख्यामा सुरक्षाकर्मी उतारेको प्रशासनले सुकुम्बासीको आन्दोलन अवधिभर कुनै अवरोध गरेन् ।

सव डिभिजन वन कार्यालय गोरुसिंगे अगाडी भएको विरोध कार्यक्रममा बोल्ने अधिकांश भूमिहिन नेताले डिभिजन वन कार्यालयको दमन विरुद्ध कडा संघर्षमा उत्त्रने चेतावनी दिएका थिए ।

गएको साउन २ गते डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बुद्धभूमि नगरपालिका वडा नं. २ बक्डरियास्थित एक सुकुम्बासीबस्तिमा डोजर चलाएका थिए । आफ्ना सुरक्षादस्तासहित उपस्थित सुवेदीको निर्देशनमा सकुम्बासीको घर भत्काइएको थियो ।

लगत्तै साउन ३ गते उनले बुद्धभूमि नगरपालिका वडा नं. ५ र ४ का विभिन्न वस्तिमा पुगेर धानबाली नष्ट गराइएको थियो ।

बर्खायाममा वनले चालेको कदम प्रति सरोकारवालाले आपत्ति जनाएका थिए । दलका केहीँ नेता र केही सरोकारवालाले सुकुम्बासीबस्तिमा भएको ज्यादतिबारे विज्ञप्तिमा विरोध जनाएपनि बस्ति उजाड बनाउने वनका हाकिम सुवेदीमाथि केही गर्न सकेका थिएनन् ।

घटना भएको लामो समय वितिसक्दा पनि केही नभएपछि जिल्लास्थित भूमिहिन सुकुम्बासी आफूहरु माथिको ज्यादतिबारे एकजुट भएका हुन् ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुको बक्डरिया गाउँमा वन कार्यालयको हमला, नागरिकमा सन्नाटा

भूमिमन्त्री सुकुम्बासीलाई लालपूर्जा बाँड्छु भनिरहे, बुद्धभूमिका सुकुम्बासीवस्तिमा डोजर चलिरह्यो !

र, यो पनि

कमाई खाने भाँडो बन्दै कपिलवस्तुका वन, सग्ला रुख काट्ने कार्यक्रम पुनः सुरु

प्रकाशित मिति : २८ श्रावण २०८१ सोमबार ००:००  ४ : ०४ बजे