३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेप्से ३० महिनाकै उच्च, २७ अर्बको सेयर कारोबार



काठमाडौं ।
सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।

कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १।०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटे ।

प्रकाशित मिति : २८ श्रावण २०८१ सोमबार ००:००  ३ : १७ बजे