४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा



काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१ आइतबार ००:००  ३ : १४ बजे