३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बुद्धभूमिको गोरुसिंगेमा सामुदायिक वन दिवस मनाइयो



बाबुराम रायमाझी, कपिलवस्तु।
‘समृद्धिका लागि वन’ भन्ने मूल नाराका साथ बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्विनी प्रदेश महासंघको आयोजनामा बुद्धभूमिको गोरुसिंगेमा सामुदायिक वन दिवस भव्यताका साथ मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनको सही व्यवस्थापन विज्ञानमा आधारित बन सम्वर्धन प्रणाली नै भएको उल्लेख गरेका छन् ।

सामुदायिक वनन दिवस मनाउनुपर्ने औचित्य प्रकाश पार्दै उनले राज्य र समुदायको लागि नेपालको वन व्यवस्थापन बैज्ञानिक पद्धतिबाट मात्र गर्दा अधिक्तम प्रतिफल प्राप्त हुने ठोकुवा गरे । उलने बन सम्वर्धन प्रणालीमा आधारितबाट वन व्यवस्थापनले आर्थिक उपार्जन, बन संरक्षण र सामुदायिक विकासका कामहरु हुने बताए । जस्को प्रतिफलबाट रोजगारी सिर्जना गर्ने, वन व्यवस्थापनबाट उत्पादन भई काठ दाउराको आपूर्ती हुने र सरकारको राजश्व बढ्ने बताए ।

वन एउटा श्रोत भएको हुँदा यसको सही उपयोग र सदुपयोगमा जोड दिदैँ सामुहिक उधमशाीलता तर्फ जोड दिनुपर्ने डिभिजन प्रमुख सुवेदीले बताए । उनले सामुदायिक वनमा बर्षेनी आम्दानी हुने भएकाले यसको सुशासन र पारदर्शीताका ध्यान दिनुपर्ने बताए ।

त्यस्तै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ राष्ट्रिय स्तरका विभिन्न विषयमा पुरस्कृत हुँदै आएको कुरा बताइन् । नेपालका सामुदायिक वनमा उत्पादन भएका काठ बिक्री हुन नसकेको अवस्थामा राज्यले बिदेशबाट काठ आयात गर्दछ कस्तो बिडम्बना भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनले वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघलाई राज्यले हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको बताएकी थिइन् ।

त्यस्तै कार्यक्रममा समृद्धिका लागि वनका बिज्ञ दामोदर शर्माले वनमा नयाँ ज्ञान शिपलाई जोडेर जानुपर्ने वताएका थिए ।

लुम्बिनी प्रदेश वन अनुसन्धान परिषद केन्द्रका प्रमुख वेद प्रकाश भण्डारीले नेपालमा २२ हजार सामुदायिक वन रहेको हुँदा वनका उपभोक्तालाई उनमा भएका सिपलाई परिस्कृत गर्दै उधमसिपमा ध्यान दिदै सहकार्य गरी काम गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नारायण पौडेल, कमल पराजुली, लुम्विनी प्रदेश बैज्ञानिक वनका सदस्य हेमनाथ पौडेल, कपिलवस्तु जिल्ला अध्यक्ष शेषकान्त वेल्वासे, नवलपरासिका बर्दघाट सुस्ता पूर्वका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पौडेल, बाँकेका जिल्ला अध्यक्ष कृष्ण केसी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्विनी प्रदेश बैज्ञानिक महासंघका अध्यक्ष दिपक कमार थापाले सबै सहभागीलाई धन्यवाद प्रदान गरेका थिए । कार्यकम सचिव होम बहादुर गुरुङको सहजीकरणमा भएको थियो ।

बुद्धभूमिको गोरुसिंगेमा भएको सामुदायिक वन दिवसमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सामुदायिक वन उपभोक्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१ शनिबार ००:००  ८ : १९ बजे