४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नागपञ्चमी पर्वमा बाणगंगाले दियो सार्वजनिक विदा



मायादेवी अनलाइन, बाणगंगा ।
नागपञ्चमीको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

शुक्रबार देशभर नागपञ्चमी पर्व मनाईदैँ छ ।

बाणगंगाको विहीबार बसेको नगर कार्यपालिका बैठकले नागपञ्चमीको अवसरमा सार्वजनिक विदा दिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बताए ।

यस्तै आज बसेको कार्यपालिका बैठकले आर्थिक बर्ष ०८१/८२ को नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्ययोजना पास गरेको छ।

यसैगरी नगरको वार्षिक दर रेट पास गरेको नगर प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८१ बिहिबार ००:००  ५ : २४ बजे