३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सिद्धार्थ सहकारीबाट ४ घरपरिवारले पाए राहत रकम



मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना शेयर सदस्यलाई राहत रकम वितरण गरेको छ । कपिलवस्तुको वाणगंगा ४ सिद्धिपुरमा अवस्थित उक्त सहकारीले समुहमा आवद्ध गरिब विपन्न सदस्यलाई २२ हजार राहत रकम वितरण गरेको छ । सहकारीले राहत, उद्धार तथा सामाजिक कृयाकलाप संचालन कोष मार्फत वाणगंगा नगरपालिका वडा न. १ र ४ का चार घरपरिवारलाई राहत रकम उपलब्ध गराएको सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।

राहत रकम आगलागी पिडित नन्दलाल थारुलाई ५ हजार, डायलायसिस विरामी अनिता आले मगरलाई ७ हजार, मुटुरोगी पीडित जलजित बोटेलाई ५ हजार र बर्षाका कारण घर भत्तकिएको परिवार भूमिका रानालाई ५ हजार रकम वितरण गरिएको हो । उनीहरुलाई सहकारीको राहत, उद्धार तथा सामाजिक कृयाकलाप संचालन कोष अन्तरगत वितरण गरिएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष इन्दिरा भट्टराईले जानकारी दिनुभयो । वाणगंगा नगरपालिकाको सवैभन्दा पुरानो सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रमा गरिव, विपन्न महिला सदस्यहरुलाई बचत गर्ने बानी बसालेको छ । ५ हजार बढि सदस्य आवद्ध रहेको उक्त सहकारीले समुहमार्फत विभिन्न सामाजिक तथा आर्थिक कृयाकलाप संचालन गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । नगरकै जेठो यस सहकारीले यस क्षेत्रको आर्थिक गतिविधी र सामाजिक गतिविधीमा अग्रणी भूमिका खेलेको छ ।
सहकारीले शेयर सदस्यसंग २० रुपैयाको दरले राहत कोष र मृत परिवार सहयोग कोष प्रति शेयर सदस्य १ सय रुपैया उठाउदै आएको छ । सहकारीले घर परिवारको मृत्यु हुँदा ३ हजार र शेयर सदस्य मृत्यु भएवापत १० हजार रुपैया राहत स्वरुप सहयोग गर्दै आएको सहकारीकी ऋण अधिकृत ज्ञानु सेनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०८१ सोमबार ००:००  १ : ४० बजे