३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध



काठमाडौं ।
दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतकका आफन्तीले घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन ।

प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१ आइतबार ००:००  १० : २१ बजे