३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अरिङ्गालले चिलेर गुल्मीमा एक जनाको मृत्यु



गुल्मी ।
गुल्मीमा अरिङ्गालको चिलेर एक जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय हरिबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।

हिजो बेलुका घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई अरिङ्गालले चिलेको हो । अरिङ्गालले चिलेर घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको थियो ।

उहाँको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०८१ शुक्रबार ००:००  ६ : ४८ बजे