३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

यी हुन् लुम्बिनी प्रदेशका आठ जना मन्त्री



बुटवल ।
लुम्बिनी प्रदेशका आठ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले गएको ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

कांग्रेसका धनेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्री, सरोज थापा शहरी विकास तथा खानेपानी मन्त्री, बादशाह कुर्मी वन तथा वातावरण मन्त्री र प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री बन्नुभएको छ । कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।

त्यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बन्नुभएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१ शुक्रबार ००:००  ६ : ४५ बजे