३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, टिका, टोपी लगाएर फोटो खिच्न पाइने



काठमाडौँ ।
राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।

यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१ बिहिबार ००:००  ८ : ४७ बजे