१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख फेरिए



काठमाडौं ।
सरकारले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको बताइएको छ।

बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरिएको बताइएको छ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए।

प्रकाशित मिति : १५ श्रावण २०८१ मंगलबार ००:००  ८ : १८ बजे