१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सिद्धार्थ क्याम्पसमा सर्वोत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीले एक कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान गरेको छ ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा क्याम्पसबाट विभिन्न संकायबाट सर्वोत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

क्याम्पसबाट सपना भण्डारी एमबिएस दोस्रो सेमेस्टरको परीक्षामा नेपाल द्वितीय तथा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएकी थिइन् । यहीँ परीक्षामा सरस्वती भट्टराई जिल्ला दृतिय भएकी थिइन् भने सुस्मिता थापा जिल्ला तृतिय भएकी थिइन् ।

यस्तै हालै प्रकाशित विए दोस्रो बर्षमा विष्णु बहादुर राउत कपिलवस्तु प्रथम भएका थिए भने माया गिरी दृतिय भएकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१ सोमबार ००:००  ११ : ०६ बजे