५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बजार खुलेको १ मिनेटमै नेप्सेमा ‘सर्किट ब्रेक’



काठमाडौं ।
शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर ‘सर्किट ब्रेक’ लागेको हो ।

मौद्रिक नीतिपछि आज शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको हो । नेपाल राष्ट्र बैंकले गएको शुक्रवार मौद्रिक नीति ल्याएको थियो ।

पहिलो ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार २० मिनेटका लागि रोकिएको छ । नेप्से १ सय २ अङ्कले बढेर २ हजार ६ सय ७० विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  ११ : १९ बजे