५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुमा डायलासिस सेन्टर सञ्चालनका लागि विष्णु पन्थीले थाले पहल, पुगे स्वास्थ्यमन्त्री भेट्न



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले कपिलवस्तुमा डायलासिस सञ्चालनका लागि फेरि पहल थालेका छन् ।

मृगौलाका विरामीलाई केन्द्रीत गरी जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ बैरियामा डायलासिस सञ्चालन गर्ने भनिएपनि कानूनी अवरोधका कारण सञ्चालन हुने सकेको छैन् ।

कपिलवस्तु जेसिज भवनमा डायलासिस सञ्चालनका लागि सांसद पन्थीले पहल थालेका थिए ।

लामो प्रयास गर्दा पनि डायलासिस सञ्चालन हुन नसके पछि पन्थी पुनः काठमाडौँ पुगेका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग सांसद पन्थीले डायलासिस सञ्चालनको लागि कुराकानी भएको बताए ।

सांसद पन्थीले मायादेवीसँग भने, ‘गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको कपिलवस्तु डायलासिस सेन्टरमा सेवा संचालनका लागि (सुचिकृत गर्न) आज स्वास्थ मन्त्री प्रदीप पौडेल , सचिव रोशन पोख्रेलसहित मन्त्रालयका उच्च अधिकारीसंग छ्लफलमा गरेका छौँ । अब छिट्टै कामले पूर्णता पाउने विश्वास छ ।’

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  ११ : ०७ बजे