५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्जेन्टिनालाई हराएको मोरक्को युक्रेनसित हार्‍यो



एजेन्सी ।
पेरिस ओलम्पिक २०२४ मा आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको मोरक्को युक्रेनसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा मोरक्को २-१ ले युक्रेनसँग हारेको हो । खेल सुरु भएको २१औँ मिनेटमै क्रिस्किभको गोलबाट युक्रेनले अग्रता बनाएको थियो । ब्रहारुको एसिस्टलाई क्रिस्किभले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको मोरक्कोका रहिमीले दोस्रो हाफको ६४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरी खेललाई बराबरीमा फर्काए । त्यसपछि पाएका केही अवसरमा मोरक्को गोल गर्न चुक्यो । ९८औँ मिनेटमा युक्रेनका फेडोरको पासमा क्रास्नेपिरले गोल गरे । त्यसपछि मोरक्कोले गोल गर्न नसक्दा खेल २–१ ले युक्रेनले जित्यो ।

यसअघि पहिलो खेलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो । यो पुरुष फुटबलअन्तर्गत २३ वर्षमुनिको प्रतिस्पर्धा हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  १० : ५४ बजे