२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

लुम्बिनीमा एमाले-कांग्रेसबीच गोप्य सहमति



काठमाडौं ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । बुधबार उनीहरु बीच पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व सम्हाल्ने विषयमा लिखित सहमति नै भएको हो ।

गठबन्धनलाई प्रभावकारी बनाउन दुवै दलबाट ३–३ जना सहभागी विशेष समिति पनि बनाइएको छ । प्रदेश सरकार सञ्चालन तथा अनुगमनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट तथा विभिन्न कामको अगुगमन गर्नेछ । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।

उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ । साना दलसँगको सहकार्य, उनीहरुलाई दिइने जिम्मेवारी, विभिन्न क्षेत्रमा हुने नियुक्तिलगायतका विषयमा यो समितिले विशेष चासो राख्ने छ ।

प्रकाशित मिति : १० श्रावण २०८१ बिहिबार ००:००  १० : ५२ बजे