२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’



काठमाडौँ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ । तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

उनको मेरुदण्डको ‘एल टुु’ भाँचिएको देखिएको छ । ‘अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छ’ अस्पताल स्रोतले भन्यो,’उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१ बुधबार ००:००  ४ : ५० बजे