२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

एमालेले विष्णु पन्थीलाई मन्त्री देला ?



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्य नियुक्त भएपछि सरकार विस्तारको कामले तिव्रता पाएको छ ।

बुधबारसम्ममा मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा नवनियुक्त मुख्यमन्त्री आचार्य छन् ।

आचार्यले एमालेबाट कसलाई मन्त्री बनाउँछन्, यसै भन्न सकिदैन् । एमालेमा पार्टी केन्द्रको हस्तक्षेप हुने भएकाले को मन्त्री बन्ने हुन् सपथ ग्रहण पूर्वको अनुमान मिल्न गाह्रो छ ।

कपिलवस्तुका दोस्रो पटक लुम्बिनी प्रदेशसभा निर्वाचित विष्णु पन्थी यसपटक मन्त्री बन्छन् की भन्ने आशामा मतदाता छन्।

मतदातासामु लोकप्रिय रहेका पन्थी लीला गिरी मुख्यमन्त्री हुँदा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए । दुई महिना बढी प्रदेशको मन्त्री बनेका पन्थीलाई जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा सामेल गराइएन्। जबकी अघिल्लो पटक मन्त्री बनेका धेरै जसो सांसद दोहोरिएका थिए ।

पन्थी एमाले प्रदेश सांसद मध्येका सिनियर नेता हुन् । तत्कालिन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष शंकर पोख्रेल हुँदा पन्थी त्यही कमिटीको कोषाध्यक्ष थिए । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका पन्थी लामो समय गुटवन्दीको सिकार हुँदै आएका छन् । यो पटक पनि गुटबन्दीको सिकार हुनेमा कार्यकर्ताको चिन्ता छ।

यता पन्थी भने सरकार बनेपनि जनताको घरदैलोमा व्यस्त छन्। मंगलबार मात्र कुनै सामुदायिक विद्यालय अनुगमन गर्न लागेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । लुम्बिनीका केही एमाले साँसद मन्त्री बन्नका लागि नेताको घरदैलोमा व्यस्त देखिएका बेला पन्थी जनताको घरदैलोमा देखिएका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१ मंगलबार ००:००  ७ : ३२ बजे