२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

अर्घाखाँचीका चेतनारायण भए लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त



बुटवल ।
नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपाली कांग्रेस र एमालेका ५६ जना सांसदहरुको समर्थनसहित दाबी पेस गरेका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएका थिए।

कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, एमाले संसदीय दलका प्रमुख समेतक तुलसी चौधरीसहित प्रदेश प्रमुख कार्यालय पुगेका आचार्यले सोमबार अपराह्न ४ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख शेरचनले संबिधानको धारा १६८को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ५ : २६ बजे