२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यले गरे दाबी पेस, संगै देखिएनन् लीला गिरी



बुटवल ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रीय सहमति अनुसार नेपाली कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन् । बहुमतका लागि कम्तीमा ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

आइतबार प्रदेश प्रमुख शेरचनले सोमबार साँझ साढे ६ बजेसम्म बहुमत सदस्यको हस्तान्तरणसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

यता सोमबार विहानसम्म मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने तयारीमा रहेका प्रदेश संसदीय दलका नेता लीला गिरी अन्ततः पछाडि हट्नुपरेको छ । पार्टी केन्द्रले मुख्यमन्त्रीमा आचार्यलाई अगाडी सारेपछि गिरी पछि हट्न परेको हो ।

आचार्यले मुख्यमन्त्रीमा दाबी पेश गरिरहदा गिरीसंगै थिएनन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ४ : २६ बजे