काठमाडौं ।
गत आर्थिक बर्ष १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यापार घाटा अघिल्लो आर्थिक बर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ ।
गत आर्थिक बर्ष आयात र निर्यात दुबै घटेको छ।
आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको हो ।
१५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात १ खर्ब ९२ अर्ब ३८ करोडमा सीमित भएको विभागले जनाएको छ ।
प्रतिक्रिया