२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

ओलीले सार्वजनिक गरे कांग्रेससँग भएको सात बुँदे सहमति



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। प्रतिनिधि सभामा आइतबार विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा ओलीले दुई दलबीच भएको सहमति सार्वजनिक गरेका हुन्।

सहमतिका विवरणहरु सार्वजनिक भइसकेका भए पनि ‌‌औपचारिक रुपमा बाहिर आएका थिएनन्। यस्ता छन् सहमतिका बुँदा(

– राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने
– संविधान संशोधनलाई प्राथमिकता दिने
– विश्वसनीय व्यावसायिक वातावरण तयार गर्ने
– सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र २०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने
– न्यूनतम साझा कार्यक्रम तय गर्ने
– समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने
– संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने

प्रकाशित मिति : ६ श्रावण २०८१ आइतबार ००:००  ३ : १५ बजे