२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता



गुल्मी ।
गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका-२ का ३१ वर्षीय बोमबहादुर कार्की छन् ।

कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो ।

मुसिकोट नगरपालिका-१ अरेवा घर भई हाल वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८१ आइतबार ००:००  १२ : ४५ बजे