२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

वन कार्यालयको ज्यादती विरुद्ध उत्रियो विप्लव नेतृत्वको नेकपा, यस्तो दियो चेतावनी



मायादेवी अनलाइन, बाणगंगा ।
डिभिजन वन कार्यालय कपिलवस्तुले डोजर लगाएर नागरिकको उठिबास गराएको घटना प्रति विप्लव नेतृत्वको नेकपाले कडा आपत्ति जनाएको छ ।

बुधबार डिभिजन वन कार्यालय कपिलवस्तुले वस्ति नै डोजर लगाएर हटाएको थियो । वन क्षेत्रमा वस्ति बसेको भन्दै वन कार्यालयले आफ्नो दस्तासहित डोजरको सहयताले वस्ति भत्काएको थियो ।

उक्त घटनाको चैतर्फी विरोध भइरहेको बेला नेकपाले विहीबार एक विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा आउने परिस्थितिको जिम्मेवार स्वंय्म राज्य पक्ष हुने चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ श्रावण २०८१ बिहिबार ००:००  ७ : २८ बजे