५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

तराई परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालित तराई परियोजनाको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको वैठक बिहीबार नगरपालिकामा सम्पन्न भएको छ ।

नेपालमा साना दुग्द्य उत्पादक कृषकहरुको लागि कृत्रिम गर्भाधान अभिवृद्धि परियोजना (तराई) अन्तरगत संचालित कार्यक्रमको बारेमा फिल्ड अनुगमन गरी कार्यक्रमको वार्षिक समिक्षा गरिएको परियोजना प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।

तराई परियोजना अन्तरगत वाणगंगा नगरपालिकामा संचालित बार्षिक कृयाकलाप, मुख्य उपलब्धी, आगामी योजना र समस्याबारे प्रस्तुती गरिएको थियो । इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपाल र फरवार्ड नेपालको साझेदारीमा संचालित कार्यक्रमले स–साना दुग्ध उत्पादक किसान लाभान्वित भएका छन् ।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले मासु, अण्डा र दुधमा नगरपालिका आत्मनिर्भर उन्मुख भएकाले तराई परियोजनाले महत्वपूर्ण सहयोग र योगदान पु¥याएको चर्चा गर्नुभयो । उहाँले नगरपालिका दुग्द्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुने चरणमा रहेकाले तराई परियोजनाको प्रभावकारी काम भएकाले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरपालिकाबाट दिइने सेवा सुविधा सवै किसानमा नपुगेकाले ती ठाउँमा परियोजनाले प्रत्यक्ष सहयोग गरेकोमा प्रभावकारी काम भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले परियोजना प्रभावकारी भएकाले नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गरेर लक्षित समुदायको जीवनस्तर सुधार ल्याउने बताउनुभयो ।

कार्यक्रममा दुग्द्य किसान शुशीला भण्डारीले ज्ञान, सीप र अनुदान सहयोग पाउँदा धेरै प्रगती हासिल भएको बताउनुभयो ।

कार्यक्रममा इन्द्रेणी ग्रामिण विकास केन्द्रका जगबिर चौधरी, फरवार्ड नेपालका शरद अधिकारी लगाएतले बार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । परियोजनाले दुग्द्य उत्पादन, पशु स्वास्थ्य, प्रजनन्, आहार, उन्नत प्रविधी, घाँस उत्पादन, विभिन्न तालिम, संस्थागत विकास, बजारीकरण लगाएतको क्षेत्रमा सहयोग गरिरहेको छ । परियोजनाले रुपन्देही र कपिलवस्तुका गरी ४ वटा पालिका सैनामैना, कन्चन, वाणगंगा र बुद्धभूमिका काम गरिरहेको संस्थाका अध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ असार २०८१ शुक्रबार ००:००  १० : ३३ बजे