५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तु बाणगंगा ४ का वडाध्यक्षको विकासप्रेमी छवी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष छविलाल रेश्मी मगरले पञ्चबर्षीय योजना अनुसार हरेक बर्ष वडातहमा बजेट खर्च हुँदै आएको जानकारी दिएका छन् ।

अरुभन्दा फरक शैलीमा काम गरेर देखाउने रुची भएका वडाध्यक्ष रेश्मीले वडाभित्र ग्राभेल सडकलाई कालोपत्रे, कालोपत्रे भएको सडकमा नाली निर्माण र सबै पूर्वाधार पुगेको सडकमा सडकबत्ती जडान गरिने बताए ।

वडाभित्र के के विकास गर्नूपर्ने हो सबै विषयमा अध्ययन गरिएको भन्दै आफ्नो कार्यकालभरी बोलेका कुरा पूरा गर्ने प्रतिवद्धता जनाए ।

चालू आवमा भएका विकास निर्माणका कामहरुबारे वडाबासीलाई जानकारी दिनका लागि राखिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष रेश्मीले आफूले गर्न नसक्ने कुरा नबोल्ने प्रष्ट्याए ।

‘आफूले गर्न सक्ने विषय मात्र वडाबासीमाझ भनेको छु । मैले गर्न नसक्ने विषय बोल्दिन । वडामा बजेटको सिमितता छ’, वडाध्यक्ष रेश्मीले भने’, ‘संघ र प्रदेश सरकारबाट ल्याउनुपर्ने बजेटको काममा म लागिपरेकै छु ।’

बाणगंगा नगरको मुकाम समेत रहेको वडा नं. ४ मा वडाध्यक्ष रेश्मीले सुन्दरीकरणमा पनि ध्यान दिएका छन् । उनले चारनम्बर बजेट हुँदै तौलिहवा जाने सडक वारपार बोटविरुवा रोपेर हरियाली बनाएका छन् । साथै सडकवत्तीले बजारको सौन्दर्य बढाएका छन् । जुन कार्यको वडाबासीले खुलेरै प्रशंसा गरेका छन् ।

वडाबासीको स्वास्थ्यमा ध्यान दिदैं विभिन्न शिविर सञ्चालन गरिएको उनले बताए । वडातहमा विभिन्न सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने गरी अगाडी बढेको समेत उनले बताए ।

आगामी बर्ष वडाका मुख्य मुख्य स्थानमा डिजिटल सूचना पाटी राख्ने योजना रहेको सुनाए ।

‘वडाबासीलाई वडाले गर्ने हरेक कामको जानकारी दिने हेतुले मुख्य मुख्य स्थानमा सीसीक्यामेरासहितको डिजिटल बोर्ड राख्ने योजना छ’, उनले भने ।

दशकौंदेखिको गजेहडा हाटबजारलाई व्यवस्थित बनाउने गरी काम अगाडी बढाइएको उनले बताए । हाट बजार व्यवस्थित गर्न चालू आवमा रु. ३० लाख बजेट केन्द्र सरकारबाट प्राप्त भएको र आगामी बर्ष थप बजेट आएको उनले जनाए । हाट बजार डीपिआर अनुसारकै बन्ने उनले बताए ।

वडाभित्रका शैक्षिकसंस्थालाई थप गुणस्तरीय बनाउनका लागि आफ्नो मात्र प्रयासले नहुने भन्दै उनले वडाबासीको साथ मागेका छन् । वडाबासीको साथ पाए शिक्षामा सुधार देखिने बताए ।

प्रकाशित मिति : २५ असार २०८१ सोमबार ००:००  ११ : २१ बजे