२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

राप्ती नदीमा वेपत्ता दुवै जनाको शव फेला



दाङ ।
अविरल वर्षाको कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव आइतबार बिहान फेला परेको छ ।

दाङको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनी दूध बिक्री गरी घर फर्कने क्रममा असार २२ बिहान करीव ९ः३० बजे सो नदीले बगाएको बताइएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ मा सो नदिले बगाई बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २४ असार २०८१ आइतबार ००:००  १ : २७ बजे