१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

संयोजक गिरीले अनाथ बालबालिकासंग मनाए जन्मदिन



कपिलवस्तु ।
जन्मदिनलाई परोपकारी काममा लगाउदै युवा नेता तिलक गिरीले कपिलवस्तु बाल गृह तौलिहवाका अनाथ बालबालिकालाई एक दिन बरावरको खाधान्न सहयोग गर्नु भएको छ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला संयोजक तिलक गिरीले आफ्नो जन्मदिन परोपकारी काममा खर्च गरेर मनाएका हुन् ।

बाणगंगा ७ बनगाई निवासी गिरीले आफ्नो ३६ औं जन्मोत्सवमा अनाथ बालबालिकासंग खुशी साट्दै एक दिनको खाधान्न ब्यवस्था गरेको बताउनु भयो । गिरीले युवाहरु सामाजिक रुपान्तरणको अभियानमा रचनात्मक ढंगले अगाडी बढदा सबै क्षेत्रमा सकारात्मक सन्देश पुग्ने भएकाले यो कार्य गरेको बताउनुभयो । पछिल्लो समय भड्किलो रुपमा होटल, रिसोर्टमा मनाउने प्रबृती बढ्दै गएकाले त्यस्तो कार्यले समाज विकृत हुने भएकाले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने सोचले अघि बढेको बताउनुभयो ।

युवा नेता एवं व्यवसायी गिरीले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरी प्रशंसनीय एवं उदाहरणीय काम गरेका हुन् ।

प्रकाशित मिति : २४ असार २०८१ आइतबार ००:००  ८ : ५१ बजे